कोचबिहारः बक्सिरहाट थाना पुलिसले आइतवार अबेर राति असम-बांग्लादेश सीमामा नाका चेकिङमा एक मालवाहक ट्रकबाट भारी मात्रामा प्रतिबन्धित पटेका जफत गरेको छ। यस मामिलामा चालक सहित तीनलाई सोधपुछको निम्ति हिरासतमा लिइएको छ।
सूत्रहरू अनुसार, पुलिसले असम-बंगाल सीमा नजिक तुफानगञ्ज-२ नम्बर ब्लकको भानुकुमारी-२ नम्बर ग्राम पञ्चायतको बालाकुठी क्षेत्रमा नाका चेकिङ पोइन्टबाट मालवाहक ट्रकलाई रोकेर त्यसको तलाशी लियो, जसमा विभिन्न ब्रान्डका प्रतिबन्धित ११९ कार्टून पटेका जफत भयो।
पटेकाहरूसित सम्बन्धित वैध दस्तावेज देखाउन नसक्दा पुलिसले चालक सहित तीनलाई हिरासतमा लियो। बक्सिरहात थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।