कोचबिहारः दिल्लीबाट आइरहेको नर्थ ईस्ट एक्सप्रेस बिहारको रघुनाथपुरमा अचानक लीकबाट बाहिर गयो। यस दुर्घटनामा बी-७ सहित पाँच बोगी प्रभावित भएका थिए। जिल्लाको तूफानगञ्ज-२ नम्बर ब्लकको बारकोडाली-२ ग्राम पञ्चायतको बेगरखाता क्षेत्रकी निवासी रीनाबाला वर्मा (५०) को पटना एम्स अस्तालमा गम्भीर अवस्थामा उपचार चलिरहेको थियो।
उपचार भइरहेको बेला आइतवार राति उनको मृत्यु भयो। शवको पोस्टमार्टम गराएपछि सोमवार रेल पुलिसको साथ रेलवेका तीन अधिकारी शव लिएर पीड़िताको घर पुगे। यद्यपि, परिवारका एक अन्य सदस्यको पनि पटना एम्समा उपचार चलिरहेछ। मृतकका परिजनहरूले ट्रेन दुर्घटनाको निम्ति रेलवेको लापरवाहीलाई जिम्मेवार ठहर गरेका छन्।
उल्लेख्य, बेगारखाता क्षेत्रको एउटै परिवारका सन्तोष कुमार वर्मा, मुक्तिराम वर्मा, उनकी पत्नी रीनाबाला वर्मा र उनकी आफन्त अन्यमयी बर्मन २९ तारीख गया गएका थिए। बुधवार दिल्लीको आनन्द विहार स्टेशनबाट नर्थईस्ट एक्सप्रेसमा घर फर्किरहेका थिए। तब बिहारको रघुनाथपुरमा अचानक लीकबाट बाहिर गयो। दुर्घटनामा रीनाबाला बर्मन र अन्यामयी बर्मन यस दुर्घटनामा गम्भीर रूपमा घाइते भएका थिए।