जलपाइगढ़ीः सड़क दुर्घटनामा एक युवकको मृत्यु भएको छ। घटना आइतवार अबेर राति सिलगढ़ी-जलपाइगढ़ी राष्ट्रिय राजमार्गको सरियाम क्षेत्रको हो। यस घटनामा एक अन्य युवक गम्भीर रूपमा घाइते भयो। मृतकको नाम मोहम्मद मुफ्ती आजम (२१) जबकि घाइते युवकको नाम अनुप मजूमदार बताइएको छ।
जानकारी अनुसार, हिजो राति दुई बाइकमा सवार चार युवक बिहे समारोहबाट फर्किरहेका थिए। तब मुफ्तीको बाइकलाई सरियाम क्षेत्रमा पछिबाट आइरहेको एउटा कारले हिर्कायो। जसबाट मुफ्ती सहित उसको साथी गम्भीर रूपमा घाइते भयो। दुवैलाई स्थानीय मानिसहरूले फूलबाड़ीको नर्सिङहोमम लगे जहाँ चिकित्सकहरूले मुफ्तीलाई मृत घोषित गरे। अनुप मजूमदारको अस्पतालमा उपचार चलिरहेछ। अर्कोतिर, घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लियो।