दार्जिलिङका विधायक निरज जिम्बाद्वारा सिक्किममा बाढ पीढीत परिवारहरुको निम्ति आफ्नो एक महिनाको वेतन सहयोग प्रदान

IMG-20231014-WA0132.jpg

दार्जिलिङ: दार्जिलिङका भाजपा विधायक निरज जिम्बाद्वारा सिक्किममा बाढ पीढीत परिवारहरुको निम्ति आफ्नो एक महिनाको वेतन सहयोग प्रदान गरेका छन्।विधायक निरज जिम्बाद्वारा आफ्नो एक महिनाको वेतन १.२१ लाख रुपियाँ सिक्किम मुख्यमन्त्री आपदा राहत कोष (CMRF) लाई प्रदान गरेका छन्। विगत केही दिन अघि टिस्टामा आएको विनाशकारी बाढको कारणले सिक्किम र पश्चिम बंगाल राज्य टिस्टामा धेरै ठूलो क्षति भएपछि पीढीत परिवारको पुनर्स्थापनामा सहयोग पुर्‍याउने हेतुले विधायक निरज जिम्बाले आर्थिक राशि प्रदान गरेका छन्।
उनले आफ्नो विज्ञप्ति जारी गरी भनेका छन् – सिक्किमका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै विधायक जिम्बाले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) लाई पत्राचार गर्दै लेखेका छन्। टिस्टामा आएको बाढी बाट सिक्किममा भएको ठूलो धनजनको क्षतिप्रति मेरो गहिरो संवेदना प्रकट गर्दछु। अचानक आएको बाढीले सिक्किम र पश्चिम बङ्गालको टिस्टा नदी किनारका धेरै परिवार, घर र गाउँहरू ध्वस्त पारेको छ। यस विपद्को परिमाणले हामी सबैलाई हल्लाएको छ। मलाई यसले धेरै प्रभावित पारेका छन् र म यो विनाश देखेपछि यस दु:खद घडीमा मैले पनि सहयोग पुर्‍याउने कटिबद्ध जाहेर गरेको छु। सिक्किम र दार्जीलिङका जनताबीचको बलियो सम्बन्धलाई प्रष्ट पार्दै विधायक निरज जिम्बाले पत्रमा लेखेका छन् – सिक्किम र दार्जीलिङबीच लामो समयदेखि भाइचारा र पारिवारिक सम्बन्ध रहेको छ र हामी एकअर्काको साथमा उभिएका छौं। सिक्किम, एक संरक्षक राज्यको रूपमा दार्जीलिङ र कालेबुङका जनतालाई विभिन्न पक्षहरूमा निरन्तर सहयोग गर्दै आएको छ। कमजोर आर्थिक पृष्ठभूमिका मेडिकल बिरामीहरूलाई मद्दत गर्नदेखि सामाजिक संस्थाहरू, धार्मिक संस्थाहरू र खेलाडीहरूलाई मद्दत गर्न हामी तपाईंको अटल सहयोग र मित्रताको निम्ति आभारी छौं। यसको साथै विधायक निरज जिम्बाले टिस्टा बाढका कारण प्रभावित क्षेत्रको निम्ति छिट्टै पुनर्निर्माण र पुनःब्यवस्थापनको कामनासमेत पत्रमा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement