मोरीगाउँमा मन्त्री पीयूषले बाँड़े नो ड्यूज सर्टिफिकेट

16dl_m_511_16102023_1.jpg

मोरीगाउँ: राज्यका सूचना एवं जनसम्पर्क आदि मामिलाहरूका मन्त्री पीयूष हजारिकाले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा असम सरकार आफ्नो जनताको कल्याणको निम्ति प्रतिबद्ध छ भनेका छन्।

उनले भने, माइक्रोफाइनेन्स ऋण प्राप्त गर्ने महिलाहरूलाई सहायता प्रदान गर्नका लागि मुख्यमन्त्रीद्वारा एक व्यापक पहलको हिस्साको रूपमा मैले आज असमका विभिन्न जिल्लाहरूमा श्रेणी- ३ का २ लाख २२ हजार उधारकर्ताहरूलाई ”नो ड्यूज सर्टिफिकेट” प्रदान गरिरहेछु।

यस पहल अनुरूप मलाई आज मोरीगाउँ जिल्लामा श्रेणी-३ का उधारकर्ताहरूलाई ”नो ड्यूज सर्टिफिकेट” को औपचारिक वितरणको उद्घाटन गर्ने सौभाग्य प्राप्त भयो। यस अवसरमा मन्त्रीका साथ विधायक रमाकान्त देउरी, तिवा स्वायत्तशासी परिषदका मुख्य कार्यकारी सदस्य जीबन चन्द्र कोंवर, जिल्ला आयुक्त, पुलिस अधीक्षक र अन्य गणमान्य व्यक्ति उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement