सोनादा: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बास्केटबल खेलमा उत्कृष्ट योगदान पुर्याएको भन्दै नर्थ प्वाइन्ट स्कूलले आफ्ना पूर्व विद्यार्थी श्रेयस बहादुर शाहलाई आज सम्मान गरेको छ। श्रेयस बहादुर शाह काठमाण्डौका हुन्, उनले २०११ देखि २०१९ सम्मको अवधिमा नर्थ प्वाइन्ट स्कूलबाट कक्षा ४ देखि कक्षा १२ सम्म स्कुलिङ गरेका थिए।दार्जिलिङमा स्कूल पढ्दाको समयमा उनले विशेष गरी बास्केटबल लगायत सबै प्रकारका खेलहरूमा रुचि बढाएका थिए।आफ्नो एकदमै फिट स्वास्थ्य र राम्रो उचाईको कारण उनले बास्केटबलमा उत्कृष्ट प्रदर्शन गरे जसको फलस्वरूप उनले विद्यालयको कप्तान हुँदा नीलो कोट र पछि सेतो कोट पनि कमाएका थिए।

अहिले उनी टाइम्स बास्केटबल क्लब, काठमाडौंबाट प्रतिनिधित्व गर्दै खेल्छन्। हालै १४ अक्टोबर २०२३ मा टाइम्स बास्केटबल क्लबबाट खेल्दै पोखरामा भएको ९औँ राष्ट्रिय खेलकूदमा स्वर्ण पदक जित्नुका साथै उसको टोलीले राष्ट्रिय बास्केटबल लिग प्रतियोगिताको फाइनल पनि जितेको थियो। दार्जिलिङको भ्रमणका क्रममा उनले आफ्नो विद्यालय, नर्थ प्वाइन्ट, दार्जिलिङमा आजको खेलकुद र फिटनेस र आजको अभिनन्दन कार्यक्रममा आफ्नो यात्राको बारेमा मिडियालाई सम्बोधन गरेका थिए।