सिलगढी: पश्चिम बंगालमा आगामी २१ जुलाईको दिन शहीद दिवस पालन गरिन्छ। यस शहीद दिवसलाई केन्द्र गरेर पश्चिम बंगाल तृणमूल कङ्ग्रेस नमशूद्र र शरणार्थी सेलको तर्फबाट आज सिलगढीमा एक प्रस्तुति सभाको आयोजना गरिएको थियो। सिलगढी नगरनिगमको २२ नम्बर वार्ड रथखोला स्पोर्टिङ क्लब भवनमा प्रस्तुति सभाको आयोजना गरिएको थियो। यस सभामा तृणमूल कङ्ग्रेस नमशूद्र र शरणार्थी सेलका राज्य सभापति रञ्जित सरकार, राज्य तृणमूल कङ्ग्रेस नमशूद्र र शरणार्थी सेलका राज्य सचिव रञ्जन मजुमदार, डाबग्राम फुलबारी ब्लक सभापति सागर महन्त लगायत दलका अन्य कार्यकर्ताहरू उपस्थित थिए। यस विषयमा राज्य तृणमूल कङ्ग्रेस नमशूद्र र शरणार्थी सेलका राज्य सभापति रञ्जित सरकारले भने, आगामी २१ जुलाईमा आयोजना गरिने सहिद दिवस कार्यक्रमलाई सफल तुल्याउन आज प्रस्तुती सभाको आयोजना गरिएको हो।