महानदी ग्राम पञ्चायतमा सर सफाई विषयमा सचेतना रैलीको आयोजना

IMG-20231016-WA0230.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको आयोजनामा सर सफाई विषयमा सचेतना रैलीको आयोजना गरिएको छ। १५ र १६ अक्टोबरके दिन राज्य स्तरीय रूपमा सफाई कार्यक्रम चलिरहेको छ। यसै अनुसार प्रत्येक ग्राम पञ्चायतहरूमा सर सफाई कार्यक्रम साथै प्रत्येक ग्राम पञ्चायत विभिन्न संसदहरूमा सर सफाई कार्यक्रमसहित सचेतना रैली निकाल्नु पर्ने निर्देश अनुसार आज महानदी ग्राम पञ्चायतमा सर सफाई विषयमा सचेतना रैली अायोजना गरिएको छ। उक्त सचेतना रैली महानदी बजार क्षेत्रमा निकालिएको छ। यस अवसरमा महानदी ग्राम पञ्चायत प्रधान पासाङ शेर्पाको अगुवाईमा सर सफाई र सचेतना रैलीको आयोजना गरिएको छ। उक्त रैलीमा महानदी हाई स्कूलका विद्यार्थीहरू, स्वनिर्भर दलहरू, भीसीडी, भीसिटी टिम, स्थानीयहरू, आँगनवाडी, आशाकर्मीहरू पनि उपस्थित थिए। उक्त सचेतना रैलीपछि महानदीको मोटर स्ट्याण्डमा रहेको शहीद वेदी परिसरबाट महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पाले सम्बोधन गर्दै १५ र १६ अक्टोबरको दिन राज्यभरिमा सर सफाई कार्यक्रम चलेको र त्यसै अनुरुप महानदी ग्राम पञ्चायतमा पनि सर सफाई कार्यक्रम चलेको बताए।

उनले सर सफाई अनुसार पहिलो दिन नालीहरू सर सफाई गरिएको र दोस्रो दिन आज सर सफाई विषयमा सचेतना रैलीको आयोजना गरिएको बताएका छन्। पञ्चायत प्रधान शेर्पाले हामीले आफ्नो परिवेश र गाउँ घरहरू आफै सफा राख्नुपर्छ भन्दै सफा परिवेशले बिमारहरू आउन सक्दैन भनी बताए। उनले नानीहरूलाई लिएर सचेतना रैली गरिएको मुख्य उद्देश्य नानीहरूले दैनिक रूपमा सर सफाई गरेर अरूलाई पनि सिकाउनुपर्छ साथै सर सफाई विषयमा सबैलाई जागरूक गराउनुपर्छ भनी बताए।

About Author

Advertisement