घैयाबारी ग्राम पञ्चायत तीनमा सर सफाई विषयमा सचेतना रैली सम्पन्न

IMG-20231016-WA0223.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको आयोजनामा स्वच्छता नै सेवा अनि प्लास्टिकमुक्त परिवेशको नारासहित सचेतना रैलीको आयोजना गरिएको छ। राज्य सरकारको तर्फबाट बताइए अनुसार प्रत्येक ग्राम पञ्चायतहरूमा सर सफाई कार्यक्रम साथै प्रत्येक ग्राम पञ्चायत विभिन्न संसदहरूमा सर सफाई कार्यक्रमसहित सचेतना रैली निकाल्नु पर्ने निर्देश अनुसार आज घैयाबारी ग्राम पञ्चायत तीनमा सर सफाई विषयमा सचेतना रैली आयोजना गरिएको छ।

उक्त सचेतना रैली ग्राम पञ्चायत कार्यालयबाट निकालेर रेलवे स्टेशन परिसरसम्म निकालिएको छ। घैयाबारी ग्राम पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, पञ्चायत सदस्यहरू, घैयाबारी क्षेत्रका विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू, स्वस्थ्य विभाग, आईसीडीएस, आँगनवाड़ी, आशाकर्मीहरू, भीसीडीका सुपर भाईजर धिरेन प्रधान, विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित भएर उक्त सचेतना रैली निकालिएको थियो।

उक्त रैली घैयाबारीको रेलवे स्टेशन परिसरमा आएर सचेतना सभामा परिणत भएको थियो जसलाई घैयाबारी ग्राम पञ्चायत प्रधान सुष्मा वाईबा, शिक्षक दिनेश प्रधान, एएनएम बबिता दर्नाल, स्थानीय भुषण थापा आदिले वक्तव्य राखेका थिए।

वक्ताहरूले आफ्नो क्षेत्रको सर सफाई, सबैले गाउँ घर सफा राखौं साथै प्लास्टिकमुक्त परिवेश बनाऔं जस्ता विषयहरूमा मानिसहरूलाई सचेतना गराएका थिए।

About Author

Advertisement