नयाँ दिल्ली: कंग्रेसले सोमवार मिजोरम विधानसभा चुनाउको लागि ४० विधानसभा सीटमध्ये ३९ सीटमा आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरेको छ।
उल्लेखनीय छ, मिजोरममा आगामी ७ नोभेम्बरमा मतदान हुनेछ अनि मतपरिणाम आगामी ३ दिसम्बरमा घोषणा हुनेछ।
मिजोरम विधानसभा चुनाउलाई ध्यानमा राखेर कंग्रेस नेता राहुल गान्धी सोमवारदेखि राज्यको दुई दिवसीय भ्रमणमा छन्। यहाँ उनले आइजोलमा एउटा जनसभालाई सम्बोधन गर्नेछन्। कंग्रेस सूत्रको भनाइ छ, भोलि राहुल गान्धीले पार्टी पदाधिकारीहरूसित चुनाउको सिलसिलामा धेरैवटा बैठक गर्नेछन्।
मिजोरममा सत्तारूढ़ मिजो नेशनल फ्रण्ट (एमएनएफ) र मुख्य विपक्षी दल जोराम पिपुल्स मुभमेन्टले पहिला नै सबै ४० सीटहरूमा आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरिसकेका छन्। तर अहिलेसम्म भारतीय जनता पार्टी (भाजपा)-ले भने आफ्ना उम्मेद्वारहरूको सूची जारी गरेको छैन।