एडवाडर्सले राष्ट्रिय हरित न्यायधिकरणलाई चढाए अर्जी

IMG-20231016-WA0217.jpg

एनण्चपीसीको पर्यावरण विरूद्व कार्यहरूको निष्पक्ष जाँच गरियोस

दार्जीलिङ: एनएचपीसीले पर्यावरण संरक्षण विरूद्व कार्यहरूको निष्पक्ष जाँचको अनुरोध गर्दै निर्वाचित सभासद एंव हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राष्ट्रिय हरित न्यायाधिकरण समक्ष अर्जी पत्र चढाएको छ। निर्वाचित सभासद एडवाडर्सले राष्ट्रिय हरित न्यायधिकरण समक्ष चढाएको अर्जी पत्रमा एनएचपीसीले टिष्टा नदीमा बाँध निर्माण गर्दा पर्यावरणको मापदण्डहरू को उल्घंन गरेको जानकारी गराएका छन्। यी सवै विषय हरूको निष्पक्ष जाँच गरिनु पर्ने मांग गरेका छन्। अर्जी पत्रमा एडवाडर्सले अधि भनेका छन् पश्चिम बंगाल राज्य को टिष्टा नदी आसपास बसो बासो गर्ने स्थानीय मानिसहरूलाई ठूलो संकट पर्न सक्ने जानकारी पनि गराएका छन्। पर्यावरण संरक्षण ऐन १९८६ लाई समेतलाई बाँध निर्माण कार्यमा उल्धंन गरेको बताएका छन्। बाँध निर्माण कार्यहरूको अवधि स्थानीय मानिसहरू साथै संघ संस्था, एनजीओले पर्यावरणको नियमलाई पालन गरिनु पर्छ भन्ने मांग गरेका थिए तर यसको कुनै वास्ता नगरिएको सभासद एडवाडर्सले आफ्नो अर्जी पत्रमा जानकारी गराएको छ। विगतका दिनहरूमा पनि यस्तै दुघर्टनाहरू घटेको थियो भने गत ४ अक्टोबर २०२३ मा अझ भयानक दुर्घटना घटन पूगेको छ। यी विषयलाई ध्यानमा एनएचपीसीको पर्यावरण नियमको उल्धंनको कार्यलाई निष्पक्ष जाँच गरिनु गरियोस भन्ने निर्वाचित सभासद अजय एडवाडर्सले दोहोराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *