साउथफिल्ड कलेजद्वारा टिस्टा बाढ पीडितहरूलाई आर्थिक सहयोग

IMG-20231016-WA0195.jpg

टिस्टा: गत ४ अक्टोबर आएको टिस्टा त्रासदीबाट प्रभावित पीडितहरूलाई आर्थिक सहयोग प्रदान गर्न दार्जिलिङको साउथफिल्ड कलेज परिवार टिस्टा पुगेका थिए। कलेजको शिक्षक परिषदका सचिव डा. सनी रावतको नेतृत्वमा प्रा. ब्राइसन् लेप्चा अनि प्रा. सदीप प्रधान, कलेजका अशिक्षण कर्मचारी सुरेन दियाली अनि विद्यार्थीहरूलको एउटा टोली टिस्टा पुगेर राहत शिविरमा बसेका पीडितहरूलाई आर्थिक सहयोगको रूपमा केही राशि वितरण गरिएको छ।

उक्त राशि कलेजका एनसीसी, एनएसएस, याट क्लब, रोटारेक्ट क्लबका सदस्यवर्ग साथै अन्य विद्यार्थीवर्ग अनि शिक्षक/शिक्षिकावर्गले सङ्कलन गरेको राशि पीडितहरूसम्म पुऱ्याएको हो। कलेजका प्राचार्य डा. अनुराधा राईको कुशल निर्देशनमा टिस्टा बाढ पीडितहरूलाई केही रूपमा भएपनि आर्थिक सहयोग पुर्‍याउन सकेको विज्ञप्तिमा प्रा सदीप प्रधानले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *