राज्यले क्षय क्षतिको रिपोर्ट केन्द्रलाई नबुझाएकोले सहयोग राशि नआएको हो नत्र केन्द्र २०० करोड़ दिन तयार छ: पेम्बा रिम्पोर्छे

IMG-20231016-WA0194.jpg

खरसाङ: प्राकृतिक प्रकोपको सठीक जानकारी केन्द्रमा नपुगेको कारणले केन्द्रबाट सहयोग नआएको हो तर यदि राज्यले सठीक क्षय क्षतिको विवरणसहित केन्द्रलाई पत्रचार गरेको खण्डमा केन्द्रबाट राशि आउनेछ। किनभने २०० करोड़ राशि केन्द्रलेले दिन तयार रहेको भनी बौध्द धर्म गुरु एंव भाजपा नेता पेम्बा रिम्पोर्छेले आज खरसाङमा बताएका छन्। उनले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर टिस्टाको बाढ़ प्रभावित क्षेत्रमा श्रमदान अब बेसी भएको र यसको बदला बरू जीटीएले सठीक रूपमा बाढ़ले गरेको क्षय क्षतिको रिपोर्ट सठीक प्रकारले राज्यलाई बुझाउनु पर्ने र राज्यले पनि आफ्नो राज्यमा प्राकृतिक प्रकोपले गरेको क्षय क्षतिको विवरणसहित पुनर्वासको लागि केन्द्रलाई पत्रचार गर्नु पर्ने हो। तर तेसो नभएकोले केन्द्रबाट सहयोग राशि अहिलेसम्म नआएको बताएका छन्। उनले सांसद राजु विष्टले यस विषयमा काम गरिरहेको र 200 करोड़ सहयोग राशि प्रदान गर्नलाई तयार रहेको तर राज्यले केन्द्रलाई कुनै जानकारी नदिएको र कुनै पत्रचार नगरेको कारणले सहयोग राशि नआएको खुलासा पनि गरेका छन्। पेम्बा रिम्पोर्छेले अब बाढ़ प्रभावित क्षेत्रमा श्रमदान गर्नभन्दा अग्नि शमन विभागलाई खटाएर कार्य गर्नु उचित रहने किनभने बाढ़ले बगाएर ल्याएको कतिपय विस्फोटक वस्तहरू बगाएर ल्याएको छ र काम गरिरहेको समय केही दुर्घटना हुनसक्छ। त्यसैले सुरक्षित तरिकाले काम गर्नलाई श्रमदान होइन अब अग्निशमन विभागलाई लगाएर कार्य गर्नु पर्ने बताएका छन्। उनले यहाँको लोकल सरकार जीटीए नै भएकोले जीटीएमा नै सहयोग राशि आउने गर्छ तर केन्द्रमा रिपोर्ट नपुगेको कारणले गर्दा रकम नआएको हो भन्दै यदि जीटीएले राज्यलाई र राज्यले केन्द्रलाई रिपोर्ट बुझाएको खण्डमा उक्त २०० करोड़को सहयोग राशि आउने बताएका छन्। उनले राज्यबाट आएको २५ करोड़को सहयोग राशिले मात्र नपुग्ने बताउँदै यस प्रकोपको रिपोर्ट बुझाएर पिढीतहरूका पुनर्वासको लागि सहयोग राशि केन्द्रबाट पनि आउने बताए। उनले जसरी सिक्किममा मुख्यमन्त्री आफै प्रभावित क्षेत्रहरूका निरीक्षण गरेर केन्द्रमा रिपोर्ट बुझाएको कारणले केन्द्रबाट तत्कालै सहयोग राशि आएको तर यता बंगालमा भने राज्यले रिपोर्ट नबुझाएको कारणले सहयोग राशि नआएको अारोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement