भुवनेश्वर: प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राज्यका मुख्यमन्त्री नवीन पटनायकलाई उनको जन्म दिनको अवसरमा शुभकामना दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले सोशल मीडिया पोस्टमा लेखे, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलाई जन्मदिनको बधाई। उनको दीर्घ एवं निरामय जीवनको कामना गर्दछु।
यसरी नै केन्द्रिय शिक्षा, कौशल विकास एवं उद्यमिता मन्त्री धर्मेन्द्र प्रधानले पनि सोशल मीडियामा पोस्ट गरे, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलाई जन्मदिनको शुभाकामना। महाप्रभुसित उनको उत्तम स्वास्थ्य अनि दीर्घ जीवनको कामना गर्दछु।