नवरात्रिः कामाख्या धाममा श्रद्धालुहरूको भीड़

jpg.webp

गुवाहाटी: गुवाहाटीको नीलाचल पहाड़स्थित कामाख्या मन्दिर ५१ शक्तिपीठ मध्ये एक हो। कामाख्या मन्दिरमा मनाइने सबै चाडहरूमा दुर्गा पूजा पनि एक प्रमुख हो। नवरात्रिको अवसरमा देश-विदेशबाट हजारौंको संख्यामा श्रद्धालुहरू मॉं- को दर्शनको निम्ति मन्दिर पुगेर आशीर्वाद लिन्छन्।

दुर्गा पूजालाई ध्यानमा राख्दै कामाख्या धाममा नवरात्रि शुरू भएको छ। हरेक साल यहॉं दुर्गा पूजा धूमधाम मनाइन्छ। नवरात्रिको अवसरमा मन्दिरलाई रंगबिरंगी फूलहरूले आकर्षक रूपमा सजाइएको छ।

मन्दिरमा नवरात्रिको दोस्रो दिन आज बिहानदेखि मॉं- को दर्शनका लागि श्रद्धालुहरूको भीड़ ओर्लिएको छ। कामाख्या मन्दिरमा नवरात्रिको दुर्गा पूजाको समय कुमारी पूजा गरिन्छ। यहॉं कुमारी पूजा अनुष्ठानको अत्यन्त महत्व छ, जुन विशेषगरी दुर्गा पूजाको समयमा हुन्छ।

आइतवार नवरात्रिको अवसरमा कुमारी पूजा शुरू भएको छ। पहिलो दिन एक कुमारीको पूजा गरिन्छ, दोस्रो दिन दुईजना र तेस्रो दिन तीनजना गर्दै नौ दिनसम्म नौ कुमारीहरूको देवीको रूपमा पूजा गरिन्छ। कुमारी पूजा गर्नाले सबै संकटहरू समाप्त भएर जाने विश्वास रहिआएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement