गान्तोक: भारतीय वायुसेनाको हेलिकप्टर र पवन हंस लिमिटेडले उत्तर सिक्किममा फसेका मानिसहरूलाई सोमवार बिहानदेखि निकाल्ने काम शुरू गरेको छ। पहिलो चरणमा टिस्टा त्रासदीपछि लाचेन र पेगोङमा फसेका २३ जनालाई ल्याइएको छ।
सेनाको हेलिकप्टरले १९ जना ल्याएको छ जसमा १७ जना स्थानीय र २ जना मजदुर सामेल छन्। यसैगरी पवन हंस लिमिटेडले ४ जना लिएर आएको छ जसमा ३ जना स्थानीय र एक जना मजदुर सामेल छन्। पवन हंसले बिहान मंगनको रिङहिम हेलिप्याडबाट पेगोङ, चुङथाङको निम्ति राहत सामग्री लिएर उडेको जानकारी आईपीआर विभागले दिएको छ।