मङ्पुमा एचपीडब्ल्यु गठन

IMG-20231016-WA0133.jpg

मङपू: गोरामुमो मङपू लाठपञ्चर समष्टि ले आफ्नो सांङ्ठनिक बिस्तारलाई अगि बडाउदै आफ्नो भ्रातृ संगठनहरुलाई बलियो बनाउने कार्यमा अगि बडिरहेका छन्। यसैक्रममा गोरामुमो मङ्पु जोन कार्यालयमा एक पूर्ण सभा मङपू जोन अध्यक्ष कैलाश पाख्रिनको अध्यक्षतामा सम्पन्न भयो र सभाको मूल विषय मङपू जोनल एचपीडब्ल्यु विगठन गरि पुनः गठन गर्ने सभाले प्रस्ताव पारित गर्‍यो। सभालाई मङपू लाटपञ्चर समष्टि गोरायुमो अध्यक्ष ज्ञान्दिप चाम्लिङ द्वारा संचालन गरिएको थियो। सभालाई सम्बोधन गर्ने क्रममा आर बी प्रधान, खर्साङ ब्राञ्च कमिटी सदस्य अल्बर्ट तामाङ, समष्टि अध्यक्ष के बी गुरुङ, सुरज थापा मङपू डिभिजन एचपीडब्ल्यु मूल सचिव, गणेश ठकुरी, मिलन शेर्पा, प्रवेश राई, प्रदीप राई आदि द्वारा सिनकोना विभाग अनि मजदुरलाई लिएर एकदम गम्भीर रहेको विषय माथि आ-आफ्नो प्रकारले सभालाई सम्बोधन गरेका थिए। सभामा सर्वसम्मतिले मङपू जोनल सिन्कोना एचपीडब्ल्यु कमिटीको अध्यक्ष पदमा गणेश ठकुरी, उपाध्यक्षम सुरज थापा, मूल सचिवमा प्रवेश राई,सहसचिवमा अनि दीपकार राईलाई सर्वसम्मतिले चयन गरिएका छन् भने लेखापरीक्षकमा मिलान शेर्पा, कोषाध्यक्ष ज्ञानदीप चाम्लिङ लाई चयन गरिएका छन्। साथै अन्य सदस्यहरुलाई कार्यकारिणी सदस्यको रुपमा चयन गरिएका छन्। अनि चाँडै यस कमिटीले सम्पूर्ण प्रशाखा गठन गर्नु पर्ने निर्णय पनि गरेका छन्। कैलाश पाख्रीन द्वारा नवगठित कमिटीका सम्पुर्ण प्रतिनिधि बर्गलाई समितिलाई बधाई दिदै शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement