१६ जुलाईः इण्डियन प्रीमियर लीग (आईपीएल) विश्वको सबैभन्दा ठूलो अनि भव्य टी-२० लीग हो। हालै यसको प्रसारण अधिकार (ब्रडकास्ट राइट्स) ४८.३ हजार करोड़ रुपियाँमा बिक्री भएको थियो। यसपाली विश्वको सबैभन्दा लोकप्रिय लीगअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) पनि झुक्न वाध्य बनेको छ। आईसीसीले आफ्नो भविष्य यात्रा कार्यक्रम अर्थात् फ्यूचर टूर प्रोग्राम (एफटीपी)-मा आईपीएललाई हरेक साल अढ़ाई महिनाको विण्डो दिने फसेला गरेको छ। यसरी अब आईपीएल चलिरहेको समय कुनै ठूलो अन्तर्राष्ट्रिय टुर्नामेण्ट या सीरीजको आयोजन हुनेछैन। आईसीसी-को यस फसेलाले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-लाई चाहिँ पोल्नेछ कारण उनीहरूले भारतको यस प्रस्तावको शुरुदेखि नै विरोध गरेका थिए।
आईपीएललाई ध्यानमा राखेर आईसीसी-को एफटीपीः
आईसीसीले २०२३-देखि २०२७-सम्म अन्तर्राष्ट्रिय द्विपक्षीय सीरीज र टुर्नामेण्टको एफटीपी तयार गरेको छ। यसमा आईसीसी-का १२ पूर्णकालिक सदस्य देशहरूका म्याच सामेल छ। ताजा एफटीपी-मा दुईवटा वर्ल्ड टेस्ट च्याम्पियनशीप, आईसीसीका अन्य इभेण्ट र धेरैवटा द्विपक्षीय सीरीज सामेल छ। यसमा आईपीएल-लाई पनि पूरा अढ़ाई महिनाको विण्डो प्राप्त भएको छ। आईपीेलको आयोजन मार्चको अन्तिम हप्तादेखि जूनको पहिलो हप्तासम्म हुनेछ। २०२३ र २०२४-मा आईपीएलमा ७४-७४ वटा म्याच खेलिनेछ। त्यसपछि २०२५ र २०२६-मा ८४ अनि २०२७-सम्म हरेक साल ९४ वटा आईपीएल म्याच खेलिने सम्भावना छ। आईपीएल बाहेक अष्ट्रेलियामा हुने बिग ब्याश लीग र ईंग्ल्याण्डमा हुने द हण्ड्रेड-को निम्ति पनि विण्डो प्रदान गरिएको छ। यस अवधि यी दुई टीमले कुनै अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछैन। यस अवधि अन्य टीमहरूले चाहिँ क्रिकेट खेल्न जारी राख्नेछ अनि अन्तर्राष्ट्रिय क्रिकेट सम्पूर्ण रूपले ठप्प हुनेछैन। यसरी नै आईपीएल-को अवधि चाहिँ अन्तर्राष्ट्रिय क्रिकेट लगभग बन्द रहनेछ। यसरी नै क्यारेबियन प्रीमियर लीगको अवधि वेष्ट इण्डिज र बंग्लादेश प्रीमियर लीगको अवधि बंग्लादेशको टीमले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैन। यस एफटीपी-लाई औपचारिक रूपले २५ र २६ जुलाईमा बर्मिंघममा हुने आईसीसीको वार्षिक बैठकपछि सार्वजनिक गरिनेछ।