बिधायक जिम्बा द्वारा बाढी पीडित परिवारहरुलाई आर्थिक सहयोग

IMG-20231016-WA0132.jpg

टिस्टा: भर्खरै टिस्टामा आएको बाढीको कारणले टिस्टा नदीको किनारामा बसोबास गर्ने धेरै घरहरु पुर्ण रुपमा क्षतिग्रस्त भएका छन्। धेरै पीडित परिवारहरुले आफ्नो सम्पुर्ण सम्पत्ति गुमाएका छन्। प्रवाहित क्षेत्रमा भ्रमण गरि निरीक्षण पछि टिस्टावासीको दुर्दशा देखेर मैले मेरो आफ्नो क्षमता अनुसार सहयोग पुर्‍याउने निर्णय लिएको छु भनी बिधायक निरज जिम्बाले आफ्नो एक बिज्ञप्ति जारी गरेका छन्। पीडित परिवारहरुको निम्ति अक्टोबर, नोभेम्बर अनि डिसेम्बर तीन महिनाको वेतन लगभग तीन लाख पचास हजार रुपियाँ सहयोग पुर्‍याउने उनले निर्णय लिएका छन्। उनले थप जानकारी गराउदै भने, म यो सुनिश्चित पनि गर्न चहान्छु कि मैले पुर्‍याउने सहयोग राशि जसलाई अति आवश्यक छ उनीहरुको निम्ति सहि ढंगले उपयोग गर्नु सकोस्। म यो सहयोग राशि मिडिया मार्फत विश्वसनीय संघ संस्थालाई हस्तान्तरण गर्नेछु। जसले पीडित परिवारहरुलाई सहि तरिकाले सहयोग पुर्‍याउदै आएका छन् ।स्थानीय वासिन्दा अनि पीडित परिवारहरु संग सल्लाह अनि परामर्श लिएर तीन वटा संघ संस्थाहरुलाई हस्तान्तरण गर्नेछु।
म आशा गर्दछु कि मेरो सानो सहयोग राशिको उपयोग सार्थक अनि पारदर्शी तरिकाले हुनेछ। बिधायक जिम्बाले थप आफ्नो बिज्ञप्तिमा जाहेर गरेका छन्। म मेरो यो आर्थिक सहयोग राशि सीएमाआरएफ अनि जीटीए रिलिफ फण्डमा नपठाउने पनि मैले निर्णय लिएको छु। किनभने म यो सुनिश्चित गर्न चहान्छु कि मेरो यो सानो सहयोग केवल पीडित परिवारहरुको उपयोगको निम्ति हो अन्य कुनै सहयोगको निम्ति होइन भनी बिधायक निरज जिम्बाले आफ्नो बिज्ञप्तिमा जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement