त्रिशक्ति कोरका जवानहरूको साहसी बचाउ अभियान

n5475607821697395568365052f67b5bbba8704184ff1beb97ef953e15c37281f5ea1f8e64db3d7c10e371e.jpg

गान्तोक: त्रिशक्ति कोरका सैनिकहरूले ७ देखि १३ अक्टोबर, २०२३ सम्म उत्तर सिक्किममा एक साहसी बचाउ अभियान चलायो। चुनौतीपूर्ण मौसममा बाक्लो जङ्गल र झाडीहरूको पहाडी क्षेत्र पार गर्दै सैनिकहरू राबोम गाउॅंमा फसेका २४५ मानिसहरूसम्म पुगे।

सैनिकहरूले फसेका मानिसहरूलाई भोजन र चिकित्या सहायता उपलब्ध गराए। खराब मौसमको स्थितिमा २४/७ काम गर्दै भारतीय सेनाका बहादुर जवानहरूले १४.८ किलोमिटरको बाटो तय गरे अनि कुन्दन हाइड्रो पावर प्रोजेक्टका ९७ श्रमिक र ८०-१०० स्थानीय मानिसहरूलाई बचाए।

सैनिकहरूले गाउॅंमा एउटा हेलिप्याड र सुरक्षित पैदम मार्ग पनि बनाए। सेनाले राबोम, मुन्शिथाङ र चुबिनबिनमा फसेका मानिसहरूलाई निरन्तर सहायता प्रदान गरिरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *