गान्तोक: राज्यको शहरी विकास विभाग मन्त्री एलबी दास,पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, सडक एवम पुल विभागका वरिष्ठ अभियन्ताले आज रम्फूस्थित आईबीएममा स्थापना गरिएको राहत शिविरको निरीक्षण गरे। निरीक्षणको क्रममा सम्वन्धित निकायका अधिकारीहरूले आइबीएममा सर सफाईको कार्य अगावै शुरू गरिसकेको र जमेको पानी निकाल्ने कार्यशुरू गरिसकेको अवगत गराए। मन्त्री दासले आइबीएमका प्रभावित परिवारालई पूनस्थपना गराउनके निम्ति ठूल ठूलो वाहन उपलब्ध गराउनको साथै पूनर्स्थापना कार्य तीब्र गतिमा सञ्चालन भइरहेको जानकारी गराए। उनले स्थानीयहरूलाई घऱभित्र पसेको मैला, बालुवा निकाल्नको निम्ति सहयोग गर्नुपर्ने आग्रह गरे। सोही क्रममा सडक एवम पुल विभाग र शहरी विकास विभागका अभियन्ताहरूले आइबीएम प्रभावित क्षेत्रकोस्थलगत निरीक्षण गरेको बताइएको छ।