पञ्जीकृत मजदुरहरूलाई प्रोत्साहन राशि प्रदान

IMG-20231015-WA0310.jpg

संकटकालिन अवस्थामा पनि कतिपयले राजनीति गरिरहेका छन्: मुख्यमन्त्री तामाङ

गान्तोक: राजधानीस्थित चिन्तन भवनमा आज राज्यको श्रम विभागद्वारा सिक्किम निर्माण कल्याण बोर्ड अन्तर्गत पञ्जिकृत मजदुरहरूलाई राहत राशी प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो। चिन्तन भवनमा आयोजित यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ठ अतिथिकोरुपमा मन्त्री केएन लेप्चा, मन्त्री लोकनाथ नेपाल लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। राज्यमा भर्खर आएको बाड़लाई मध्यनजर गरेर विभिन्न ठाउँमा खटिरहेका ८७३३ मजदुरहरूलाई मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट प्रति व्यक्ति १० हजार रुपियाँ गरेर राहत राशी प्रदान गरियो। कार्यक्रममा आरम्भमा भर्खरै आएको बाड़को प्रभावले ज्यान गुमाउने आत्माको शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो। यसको साथै आजको कार्यक्रममा मजदुरको मेधावी विद्यार्थीहरूलाई मुख्यमन्त्रीले प्रोत्साहन तामाङले प्रोत्साहन राशी पनि प्रदान गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले विभिन्न क्षेत्रमा राज्यका मजदुरहरूले दिइरहेको सेवाको प्रशंसा गरे। यसलाई ध्यानमा राखेर राज्य सरकारले यो संकटको घड़ीमा प्रत्येक पञ्जीकृत मजदुरहरूलाई राहत राशी प्रदान गरेको पनि जानकारी गराए। आज प्रदान गरिएको राशी सबै मजदुरहरूले बगाएको पसिनाको फल रहेको उनले थप बताए। यसको साथै उनले सबै मजदुरहरूलाई आफ्नो नाम बोर्डमा पञ्जिकरण गर्ने पनि परामर्ष दिए।

यो संकटको घड़ीमा प्रभावित परिवारलाई पनि सरकारले राहत दिने कार्य गरिरहेको मुख्यमन्त्री तामाङले बताए। यो संकटको घड़ीमा पनि कतिले केवल राजनीति गरिरहेको मुख्यमन्त्रीले आरोप लगाए। पूर्व सरकारकालमा पनि राज्यमा यस्तो संकट आइपरेको थियो। वर्ष २०११ मा भुँइचालोले सिक्किमलाई ठूलो क्षति पुऱ्याएको थियो तर त्यो समयमा तत्कालिन सरकारले जनतालाई के कति राहत दिए सो बारे सबैलाई थाहा भएको बताउँदै यो संकटको घड़ीमा आम मानिसको हौसला बढ़ाउने कार्य गर्नुपर्ने पनि सुझाव दिए। सिक्किम पुननिर्माण गर्न राज्य सरकार कटिबद्ध रहेको पनि उनले सबैलाई जानकारी गराए। आजको कार्यक्रमलाई श्रम विभाग मन्त्री लोकनाथ नेपाल अनि विभागका सचिव डा. पी सिन्थेल कुमारले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *