२० किलो कुछवाको मासु जफत

IMG_20220716_201340.jpg

जलपाईगढ़ी: जिल्लाको वन विभागको नाथुआ रेञ्जका कर्मीहरूले नाथुआहाट पुरानो बजार क्षेत्रबाट आज २० किलो कुछवाको मासु जफत गरेको छ। यद्यपि, वन विभागको अभियानअघि मासु बेचिरहेका दुई युवक भाग्नमा सफल रहे।
वन विभाग अनुसार, वन विभाग फरार दुवै युवकको खोजीमा जुटेको छ। पक्रा परेपछि दुवै युवक विरूद्ध वन्यजीव अधिनियम अन्तर्गत कारबाही गरिनेछ। वन विभागको अनुमान छ, दुवै युवक कछुवा सम्भवतः डायना र मूर्तिका जंगलबाट समाएर त्यसको मासुलाई अत्यधिक दरहरूमा बेच्ने प्रयासमा थिए। अहिले जफत गरिएको कछुवाको मासुलाई नाथुआ रेञ्जमा राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement