दोस्रो खेलमा बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

thumb.jpeg

काठमाडौं: एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो ।७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।टपअडर आज चल्न सकेन। १० रनमा तीन विकेट गुमाएको अवस्थामा नेपालका लागि देव खनाल र अर्जुन कुमालले क्रिज सम्हाले। अर्जुन र देव दुवैले समान ३२/३२ रन बनाए। देवले २७ बलमा ३२ रनमा अविजित रहे। अर्जुन पनि ३१ बलमा ३२ रन बनाउँदै अविजित रहे। बहराइनका लागि अनस ओबैड सैदले तीन विकेट लिए। उनले चार ओभरमा २६ रन खर्चिएका हुन्। बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भएको हो। त्यसअघि, ब्याटिङ गरेको बहराइनका लागि माहम्मद वसिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाउँदै दुर्गेश गुप्ताबाट बोलड आउट भए। उनले ७७ बलमा एक चौका र दुई छक्का प्रहार गरेका हुन्। टपअडरका तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पाँच ब्याटर शून्यमै आउट भए रिसब रमेश र मोहम्मद अलि समान ६ रनमा सीमित भए। दीपेश आजको खेलमा नेपालका लागि हिरो बने उनले ९.५ ओभरमा ८ ओभर मेडन गराउँदै ४ रन मात्रै खर्चेर ६ विकेट लिए। दुर्गेशले भने ८ ओभर बलिङ गर्दै १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो। समूह ए मा रहेका नेपाल र साउदी दुवैले पहिलो खेलमा जित निकालेका छन्। पहिलो खेलमा फराकिलो जित निकालेको नेपाल हालसम्म समूहको शीर्ष स्थानमा रहेको छ। साउदीले आज इरानसँग खेल्दैछ ।नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *