पाकिम: रम्फू महकुमा अन्तर्गत विभिन्न राहत शिविरका बाढी प्रभावित परिवारहरूलाई पुनर्स्थापना गरिएको छ। यस क्रममा चानाटार माध्यमिक विद्यालयमा स्थापित राहत शिविरमा आश्रय लिएका 33 परिवारलाई पुनर्स्थापना गरिएको छ।
यहॉंका रहल प्रभावित परिवारहरूलाई सिक्किम डिस्टिलरी प्राइवेटको हलमा स्थानान्तरित गरिएको बताइएको छ। प्रभावित परिवारहरूलाई आफ्नो जीवन पुनः शुरू गर्नका लागि आवश्यक सर-सामग्रीहरू प्रदान गरिएको छ। पुनर्स्थापना कार्य पाकिमकी एडीसी अनुपा तामलिङ र डीपीओ, जिल्ला सोनाम जाङ्गपो भोटियाको देखरेखमा गरिएको थियो।
अब रम्फू महकुमामा पॉंच राहत शिविर बॉंकी रहेका छन्, जसमा ई सिक्किम डिस्टिलरी प्राइवेटको हल, माझीगाउॅं हाउसिङ कम्प्लेक्स, इको प्याराडाइस माइनिङ रिर्सोट र नेपाली धर्मशाला गोलीटार सामेल छन्।