गान्तोक: भारतीय वायुसेनाको एमआई-१७ हेलिकप्टर आइतवार दिउॅंसो राजधानीको लिबिङस्थित सेनाको हेलिप्याडबाट राज्य सरकारको दुई टन राहत सामग्री लिएर उत्तर सिक्किमको पेगोङ उड्यो।
पेगोङबाट हेलिकप्टरले आईटीबीपीका २ जवान, १ महिला र २ नानीहरू लिएर फर्किएको थियो।
सेनाको हेलिकप्टरले आफ्नो दोस्रो उडानमा राज्य सरकारको १.५ टन राहत सामग्री र आईटीबीपीको ०.७ टन राहत सामग्री लिएर पेगोङ उड्यो भने पेगोङबाट आईटीबीपीका १३ जवान लिएर फर्किएको छ।