१७ नम्बर वार्डमा रक्तदान शिविरको आयोजना

4399df85-09cb-430e-b64a-1c9a3ed8ff36-1024x576.jpg

सिलगढी: सिलगढी नगरनिगमको १७ नम्बर वार्डमा महिलाहरूद्वारा सञ्चालित दुर्गा पुजा कमिटी शतरूपाको पहलमा तथा लायन्स क्लब अफ सिलगढी स्मार्ट सिटीको सहयोगमा आज रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। यसबाहेक ‘फुड फर अल‘ कार्यक्रमको पनि आयोजना गरियो। सिलगढी नगरनिगमको मेयर गौतम देवले उक्त शिविरको उद्घाटन गरे। प्रत्येक वर्ष शतरूपा दुर्गा पुजा कमिटीको तर्फबाट दुर्गा पुजा अगावै विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछ। यस वर्ष पनि कमिटीको तर्फबाट रक्तदान शिविर लगायत अन्य विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ। फुड फर अल कार्यक्रमको माध्यमद्वारा २५० जना मानिसहरूलाई भोजन प्रदान गरियो। सो शिविरमा संग्रह गरिएको रगत लायन्स क्लब अफ सिलगढीको ब्लड ब्याङ्कमा पठाउने कमिटीका सदस्यहरूले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement