राष्ट्रपति पदका उम्मेदवार यशवन्त सिन्हालाई आपको समर्थन

IMG_20220716_200251.jpg

नयाँ दिल्ली: विपक्षको तर्फबाट घोषित राष्ट्रपति पदका उम्मेदवार यशवन्त सिन्हालाई आपले समर्थन दिने घोषणा गरेको छ। यसको सूचना आप नेता एवं राज्यसभा सांसद संजय सिंहले शनिवार एक प्रेसवार्तामा दिए। सिंहले भने, ‘आपका राष्ट्रिय संयोजक अरविन्द केजरीवालको अध्यक्षतामा आज पोलिटिकल अफेयर्स कमिटीको बैठक बस्यो। यस बैठकमा राष्ट्रपति पदको चुनाउलाई लिएर विस्तारमा चर्चा गरियो। जसपछि विपक्षका उम्मेदवार यशवन्त सिन्हालाई समर्थन दिने निर्णय लिइयो। हामी भाजपाको राष्ट्रपति पदकी उम्मेदवार द्रौपदी मुर्मूको पनि सम्मान गर्छौं तर यस चुनाउमा हामी विपक्षका उम्मेदवार यशवन्त सिन्हालाई समर्थन दिनेछौं। आपका सबै सांसद र विधायकले १८ जुलाईमा हुने राष्ट्रपति पदको चुनाउमा आफ्नो भोट य़शवन्त सिन्हालाई दिनेछन्’।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement