विदेशमन्त्री जयशङ्करकाे भियतनाम र सिङ्गापुर भ्रमण

s_jaishankar_visit_to_vietnam_1697359940650_1697359947765.jfif_.jpg

भियतनाम पुगेर गरे ट्रान क्वोक प्यागोडाको भ्रमण

नयाँ दिल्ली: विदेशमन्त्री डा. एस. जयशङ्कर आइतवार भियतनाम र सिङ्गापुरको छः दिवसीय यात्रा अन्तर्गत हनोई पुगे। भियतनाम पश्चात डा. जयशङ्करले आगामी १९ देखि २० अक्टोबरसम्म सिङ्गापुरको भ्रमण गर्नेछन्।

आफ्नो यात्रा अवधि विदेशमन्त्रीले आफ्ना सिङ्गापुरका समकक्ष तथा देशका शीर्ष नेतृत्वसित भेट गर्नेछन्। उनले भारतीय क्षेत्रीय सम्मेलनको अध्यक्षता पनि गर्नेछन्।

डा. जयशङ्करले एक्समा भने, आज उनी भियतनामको राजधानी हनोई पुगेका छन्। विदेशमन्त्री बुई थान सोनले प्रसिद्ध ट्रान क्वोक प्यागोडामा उत्साहपूर्वक व्यक्गित रूपमा स्वागत जनाएकोमा उनलाई धन्यवाद दिन्छन्। उनी सोमवार १८औं संयुक्त आयोगको बैठकको सहअध्यक्षता गर्नका लागि उत्सुक छन्।

उल्लेखनीय छ, हनोईस्थित ट्रान क्वोक प्यागोडा एउटा बौद्ध मन्दिर हो। यो वेस्ट लेकको एक द्वीपमा अवस्थित छ। यो भियतनामको सबैभन्दा पुरानो प्यागोडामध्ये एक हो। यसको इतिहास १,५०० वर्षभन्दा अधिक पुरानो छ।

विदेशमन्त्रीले हनोईको ऐतिहासिक ट्रान क्वोक प्यागोडाको दौड़ाह गरे। भारत औ भियतनामबीच शताब्दिऔं पुरानो सम्बन्धको प्रतीक यहाँको बौधि वृक्ष हो। यसलाई सन् १९५९ सालमा तत्कालीन राष्ट्रपति डा. राजेन्द्र प्रसादले राष्ट्रपति हो ची मिन्हलाई उपहारमा दिएका थिए।

विदेश मन्त्रालय अनुसार आफ्नो यात्राको पहिलो चरणमा जयशङ्कर भियतनाम-भारत सम्बन्धका केही क्षेत्रहरूमा भएको प्रगतिको सीक्षा गर्नेछन् अ सहयोगलाई अझ बढ़ाउने उपायहरूमाथि चर्चा गर्नेछन्। उनले आगामी १८ अक्टोबरसम्म भियतनामको दौड़ाह गर्नेछन्। यस अवधि उनले आफ्ना भियतनामी समकक्ष बुई थानसित आर्थिक, व्यापार एवं वैज्ञानिक तथा तकनिकी सहयोगमा भारत-भियतनाम संयुक्त आयोगको १८औं बैठकको सहअध्यक्षता गर्नेछन्। विदेशमन्त्रीले हनोई र हो ची मिन्ह सिटीको भ्रमण गर्नेछन् अनि भियतनामी नेतृत्वसित बातचित पनि गर्नेछन्।

भियतनामपछि जयशङ्कर आगामी १९ देखि २० अक्टोबरसम्म सिङ्गापुरको यात्रामा हुनेछन्। यात्राको क्रममा उनले आफ्ना सिङ्गापुरका समकक्ष लगायत अन्य शीर्ष नेतृत्वसित भेट गर्नेछन्। उनले भारतीय क्षेत्रीय सम्मेलनको अध्यक्षता पनि गर्नेछन्। भारत-सिङ्गापुर सम्बन्धलाई वर्ष २०१५ मा रणनीतिक साझेदारीसम्म बढ़ाइएको थियो भने त्यसताकदेखि यता दुईपक्षीय सहयोग तीव्र गतिमा अघि बढ़िरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement