चियाबारी श्रमिकको बोनस विषय हाम्रो ट्रेड युनियन अनि जोईन्ट फोरमले मिलेर नै काम गरिरहेको छ: अनित थापा

IMG-20231015-WA0295.jpg

दार्जिलिङ: चियाबारी श्रमिकको बोनस विषय हाम्रो ट्रेड युनियन अनि जोईन्ट फोरमले मिलेर नै काम गरिरहेको छ भनी जीटीए प्रमुख अनित थापाले बताएका छन्। चियाबारी श्रमिकहरुको बोनस विषयमा बोल्दै जीटीए चिफ् अनित थापाले भने, म पनि जिल्लापालसँग सम्पर्क छु। म मैदानमा रहेर पनि श्रमिकहरुको निम्ति काम गरिरहेको छु।’
उनले अघि भने, धेरै कमानहरू बन्द छ। नियम अनुसार बन्द कमानमा आरपी नियुक्त हुन्छ। युको ब्याङ्कले बन्द कमानमा आरपी नियुक्त गरिसकेको छ। युको ब्याङ्कको अधीनस्थ बन्द चियाबारीको श्रमिकहरुले आफूले पाउनु पर्ने भत्ता आदि पाएको हुनुपर्छ। मलाई विश्वास छ उनीहरुले समयमा नै बोनस दिनेछन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement