खरसाङ: खरसाङकी छोरी आकी थामीलाई स्वीजरल्याण्डमा सम्मानित गरिएको छ। स्वीजरल्याण्डमा आयोजित एउटा ठूलो प्रतियोगितामा विश्वका ६ वटा देशहरूमध्ये खरसाङको डाउहिल रोड निवासी पिता बालकृष्ण थामी र पूर्णिमा थामीकी कान्छी छोरी आकी थामीलाई उनको कार्य सामाजिक प्रभावमाथिको पहिचान अनि त्यसलाई प्रोत्साहित गर्न उसको पदाक्षेपलाई सर्वोत्कृष्ट मानिएकोले उनलाई हुब्लोट डिजाइन पुरस्कार (HUBLOT DESIGN PRIZE) ले अलङ्कृत गरिएको छ। यो प्रतियोगितामा उनको विजयले खरसाङ लगायत सम्पूर्ण पहाड़ र गोर्खा जातिलाई गौरान्वित बनाएकी छन्। गोर्खा जाति पनि विश्वका अन्य जातिभन्दा कुनै कुरामा पछि छैन भनेर ठोकवा दिएर भन्न सक्ने प्रमाण दिएको पिता बालकृष्ण थामीले बताएका छन्। छोरी आक्की थामीको यस सफलतामा पिता बालकृृष्ण थामीले खुशी व्यक्त गर्दै छोरीलाई बधाई दिएका छन् भने सबैलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी साझा गरेका छन्। उल्लेखनीय छ खरसाङको साहित्यकार एंव गीतकार बालकृष्ण थामीकी कान्छी छोरी आकी थामीले विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्। उनले मुम्बईमा धारावी आर्ट नामक एनजीयो खोलेर झुपडपट्टीमा रहेका नानीहरूलाई शिक्षा प्रदान गर्दै आएका थिए। त्यसरी नै उनले भारतको विभिन्न शहरहरूमा नारीहरूका लागि पढ्नलाई पुस्तकालयहरू पनि खोलेका थिए जुन विभिन्न शहरहरूमा सरिरहने व्यवस्था गरेकी थिइन्। आकी थामीले विगत लक डाउनको समयमा पनि चियाबारीमा कार्यरत् विधवी श्रमिकहरूलाई अार्थिक सहयोग गर्दै आएकी थिइन्। उनले नारीहरू र बालिकाहरूका लागि उन्नति र उत्थानको लागि धेरै कार्यहरू गर्दै आईरहेकी छन्।