रोहित शेट्टीले ‘सिंघम अगेन’ मा दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक

Screenshot-2023-10-15-154620-e1697365006541

मुम्बई: फिल्म निर्देशक रोहित शेट्टीले आइतवार आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ मा अभिनेत्री दीपिका पादुकोणको चरित्रको पहिलो लुक जारी गरे। अजय देवगन र रणवीर सिंह अभिनित ‘सिंघम अगेन’ मा पादुकोण पुलिस अफिसर शक्ति शेट्टीको भूमिकामा देखिनेछन्। चलचित्रको छायाङ्कन हालै सुरु भएको छ। फिल्म निर्माता रोहित शेट्टीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पादुकोणको क्यारेक्टरको फर्स्ट लुक सेयर गर्दै लेखेका छन्, “हाम्रो पुलिस संसारको सबैभन्दा क्रूर र हिंस्रक अफिसर।”
क्याप्शनमा लेखेका छन्
उनले पोस्टको क्याप्सनमा लेखेका छन्, ‘नारी सीताको रूप हो र दुर्गाको पनि । हाम्रो पुलिस संसारको सबैभन्दा क्रूर र हिंस्रक अफिसरलाई भेट्नुहोस्…, शक्ति शेट्टी…, ‘माई लेडी सिंघम’… दीपिका पादुकोण।” पादुकोण हालै शाहरुख खान अभिनित एक्सन फिल्म ‘जवान’ मा देखिएकी थिइन्। पादुकोणले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पनि लेखेकी छन्, “परिचय गर्दै…शक्ति शेट्टी!” ‘सिंघम अगेन’ ‘सिंघम’ सिरिजको तेस्रो फिल्म हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *