हावडा: पश्चिम बंगालको हावडा जिल्लाको एक घरमा आगलागी हुँदा एक वर्षीया बालिका सहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पुलिसले आइतबार सो जानकारी दिएको हो। सर्ट सर्किटका कारण आगलागी भएको आशंका गरिएको एक पुलिस अधिकारीले बताए। उलुबेरिया नगरपालिकाको वार्ड नं. २५ को पारिजात क्षेत्रमा आइतबार बिहान आगलागी हुँदा एक पुरुष, उनकी श्रीमती र एक वर्षीया छोरीको मृत्यु भएको उनले बताए। पुलिसका अनुसार घरबाट धुवाँ निस्किरहेको छिमेकीले देखेपछि त्यहाँबाट आवाज नआएपछि पुलिस र दमकललाई खबर गरेका थिए। घरको ढोका तोडेर हेर्दा ३२ वर्षीय यासिन मलिक, २७ वर्षीया महिमा बेगम र उनकी एक वर्षीया छोरीको शव भेटिएको पुलिस अधिकारीले बताए। अधिकारीका अनुसार यासिनकी आमा नूरजहाँ बेगमलाई गम्भीर चोट लागेको छ र उनलाई उलुबेरिया सरकारी अस्पतालमा भर्ना गरिएको छ। शव पोष्टमार्टमका लागि पठाइएको उनले बताए।