राष्ट्रिय राजमार्ग ३१सी बाट युवकको शव उद्धार

75a514cb-60af-495e-82e0-0b588d60aee7

कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्लाको डिमा सेतु नजीकै ३१सी राष्ट्रिय राजमार्ग किनारी आईतबार एकजना युवकको शव फेला परेको पुलिस सुत्रले जनाएका छन्। फेला परेको उक्त शवको पहिचान अलिपुरद्वार निवासी गौरव मुखर्जीको रुपमा भएको पुलिस सुत्रले जनाएका छन्। कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टका पुलिसबलले विहान उक्त शव बरामद गरेर कालचिनी थाना ल्याएको थियो। युवको हत्या भएको वा कुनै वाहनको धक्काले मृत्यु भएको वा कुनै जंगली जनावरले आक्रमण गरेर मृत्यु भएको हो सो बारे पुलिसले केही बताउन नसकेता पनि युवकको‌ टाउकोमा चोट भेटाईएकोले यो हत्याको मामिला हुनसक्ने आशङंका गरिएको छ।
यता मृतक युवकको काका लिटन मुखर्जीले जनाए अनुसार गौरव अलिपुरद्वार सहरको डुवर्स माउन्टेन होटलको कर्मचारी रहेको र सँधै नै तिनी राती प्रायः १२.३० बजीतिर घर फर्कने गरेको तर शनिबार रातभरी नै घर नफर्किम्दा बिहान मात्र गौरवको शव राष्ट्रिय राजमार्गमा फेला परेको खबर आएको थियो। अब यो हत्या हो वा प्राक्रतिक मृत्यु यसको अनुसन्धानमा पुलिस लागेको र शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको पुलिस सुत्रले जनाएका छन्। उक्त घटना सम्बन्धमा अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई. रघुवंशीले पुलिसको जाँचमा एकजना आरोपीलाई पक्राउ गरिएको जनाएका छन्। घटना अनुसन्धानमा उक्त मृतक युवक गौरव मुखर्जी शनिबार राती होटलको ड्युटी सकेर अन्य ५ जना साथीहरूसँग एउटा कारमा चढ़ेर निस्किएको थियो पाँचै साथीहरू मिलेर रमाईलो गर्ने क्रममा गौरव मुखर्जी र कोचबिहार पुन्दीबारी निवासी लिटन सरकारबीच आपसी भनाभैरी चल्दै गर्दा नशामा चुर भएका लिटन सरकारले आफ्नो लाइसेन्स पिस्तोलले गौरव मुखर्जीको टाउकोमा गोली दाग्दा गौरव मुखर्जी घटनास्थलमा नै ढलेको आरोपी लिटन सरकार र अन्य ४ जना साथीहरूले जाँचमा बताएको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *