सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीग शुरु

IMG_20220716_184934.jpg

१६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आजदेखि सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग शुरु भयो। लेबोङको गोर्खा स्टेडियममा शनिवार पहिलो दिन दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा लेबोङ संकटा एफसी-ले थ्री कोन युनाइटेड एफसीलाई ३-०-ले पराजित गऱ्यो। पूल ए-को यस म्याचमा विजेता टीमबाट एन राईले २ अनि आदर्श थापाले १ गोल गरे। यसरी नै बिजनबारी एफसी र माउण्ट हार्मोन एफसीबीच खेलिएको पूल सी-को म्याच २-२-ले ड्र रह्यो। बिजनबारी एफसीबाट बिशु थामीले अनि माउण्ट हार्मोन एफसीबाट रोहित राईले २-२ गोल गरे। सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक डीजीएचएसए-का अध्यक्ष दावा लामाले आज टुर्नामेण्टको उद्घाटन गरे। यसको साथमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीग पनि २४ जुलाईदेखि शुरु हुनेछ भनी डीजीएचएसए-का महासचिव महेन्द्र सुब्बाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement