१६ जुलाईः टिस्टा खेलकुद समितिको तत्त्वावधानमा ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-को आयोजन गरिनेछ। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा २५ जुलाईदेखि शुरु हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टीमहरूका निम्ति आफ्नो नाम पञ्जीकरण गराउने अन्तिम मिति २२ जुलाई २०२२ रहेको छ। अधिक जानकारीको निम्ति निम्न उल्लेखित नम्बरहरूमा सम्पर्क गर्न सकिनेछः
९६४१२२६२९७ (सञ्जय)
७६३७०७०२२० (अजय)