युवाहरूद्वारा तीनधारे चियाबारीको बन्दुके गाउँमा शुक्रे तामाङको घर मरमत्तिको कार्य

IMG-20231015-WA0281.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे चियाबारीस्थित बन्दुके गाउँको स्थानीय शुक्र तामाङ घर युवाहरूले मरमत्ति गरिदिएका छन्। तीनधारे चियाबारीको बन्दुके गाउँ निवासी शुक्रे तामाङको घर जीर्णावस्थामा रहेको कारणले घैयाबारी ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेन्द्र तामाङ, पञ्चायत समिति सदस्य साजन दर्जी र भागोप्रमो तीनधारे चियाबारीको बुथ नम्बर २४६ को संयोजक युवराज प्रधानको पहलमा घर मरमत्तिको कार्य गरिदिएका छन्। युवाहरूले शुक्रे तामाङको घरको भूइँ सबै ढुँगा, बलुवा र गिटीहरू हालेर मरमत्ति गरिदिएका छन्। यसरी असहाय र गरीबको जीर्णावस्थामा रहेको घर मरमत्ति गरिदिएर युवाहरूले प्रशंसनीय कार्य गरेका छन्। युवाहरूका कार्य देखेर तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले पनि प्रशंसा गरेका छन्।

बन्दुके गाउँमा शुक्रे तामाङको घर मरमत्ति विषयमा स्थानीय बालकुमार राईले पत्रकारहरूसित कुराकानी गर्दै स्थानीय युवराज प्रधानको पहलमा पञ्चायत सदस्य दिपेन्द्र तामाङ र समिति सदस्य साजन दर्जीको सहयोगमा बन्दुके गाउँमा जीर्णावस्थामा रहेको घरको मरमत्ति गरिदिएकोमा हामी गाउँवासी धन्यवादी छौं भनी बताएका छन्। उनले यस गाउँमा दोगापापको समयमा भएको पञ्चायत व्यवस्थाले बनाएको घरहरू सबै जीर्णावस्थामा रहेका छन् अनि यी घरहरूका मरमत्ति गर्नु पर्ने आवश्यकता थियो अनि युवा भाइहरूले यसरी मरमत्ति गरिदिएकोले राम्रो काम गरेका छन् र युवाहरू सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement