स्थानीय चीजबीजहरू र स्थानीय व्यवसायीहरूलाई प्राथमिकता दिएर खरसाङमा गोर्खे हाट शुरु

IMG-20231015-WA0273.jpg

खरसाङ: स्थानीय चीजबीजहरू र लोकल अर्ग्यानिक साग सब्जीहरु साथै नेपाली गोर्खे जातीय खाद्य सामाग्रीहरू र सर सामानहरूका साथमा आजदेखि खरसाङमा गोर्खे हाट शुरु भएको छ। खरसाङ टुरिस्ट लजदेखि माथिल्लोपट्टि शुरु भएको गोर्खा हाटमा लोकल सर सामानहरूलाई प्राथमिकता दिएर खूबै उत्साहक साथमा गोर्खो हाट शुरु गरिएको छ। बिहान ९ बजेदेखि ४ बजेसम्म गोर्खे हाट सञ्चालन गरिने भए पनि बिहानैदेखि।

स्थानीयहरूमा उत्साह देखिएको थियो। विगत केही महिनादेखि गोर्खे हाट सञ्चालन समितिले सभाहरू गर्दै तयारी गरेपछि अन्तत: आज १५ अक्टोबरदेखि यो हाट सञ्चालन शुरु भएको छ। उक्त गोर्खे हाटमा दार्जिलिङ, बिजनबारी, रिम्बिक, कालेबुङ, मिरिक, तीनधारे, महानदी, घैयाबारी, घुम्ती, सिटोङ, रोहिणी, सिविटार, मालुटार, सोनादा, सालबारी, खरसाङ र वरिपरि क्षेत्रबाट मानिसहरू आएर अर्ग्यानिक साग सब्जीहरू र स्थानीय विभिन्न सर सामानहरू साथै जातीय खाद्यन्नहरू पनि राखिएको थियो। यस गोर्खे हाटमा १५० भन्दा बेसीले आवेदन गरे पनि आज पहिलो दिन जम्मा ७५ वटा साना ठूला दोकानहरू राखिएको जानकारी प्राप्त भएको छ। पहिलो दिनको गोर्खे हाटमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। मानिसहरूले आफ्नो जातीय पोशाकको साथमा आफ्ना दोकानहरू राखेका थिए। पहिलोपल्ट खरसाङमा यस्तो माहोल देखिएको छ।

अर्ग्यानिक साग सब्जीहरूदेखि सिँस्नु र ढेढ़ो, मकैको भात र अन्य जातीय खाद्यन्नहरू साथै रिम्बिक फ्रेस साथै कम मूल्यमा दार्जिलिङ टी, लोकल कुखुराहरू, खेतीबारी र घाँस दाउरा गर्नलाई खुकुरी, हँसिया पनि बिक्रीमा राखिएको थियो। विशेष गरेर स्थानीय व्यवसायीहरू र युवा उद्यमीहरू आएर दोकान थापेका थिए।यसको साथै हाट बजारमा हुने विभिन्न सर सामानहरू यस हाटमा राखिएको दोकानतिर राखिएका थिए। यस गोर्खे हाटले स्थानीय युवाहरूलाई रोजगार प्रदान गर्नु साथै उद्यमी युवाहरूलाई प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको बताइएको छ। यो गोर्खे हाट आज १५ अक्टोबर देखि शुरू भएर अब प्रत्येक सप्ताह आईतबार बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म खरसाङको टुरिस्ट लजदेखि माथिल्लोपट्टिको रोडमा लाग्ने भएको छ। भविष्यमा खरसाङको कुनै स्थानमा ठाउँ पाएको खण्डमा अझैं धेरै दोकानहरूका साथमा लाग्ने भएको बताइएको छ। खरसाङ गोर्खे हाट विषयमा गोर्खे हाटको मुख्य संयोजक सन्तकिशोर गुरुङले पत्रकारबरूसित कुराकानी गर्दै हामीले धेरै वाधाहरू र समस्याहरू पार गर्दै यो गोर्खे ह आजदेखि शुरु गरिएको बताउँदै यसको लागि स्थानीय प्रशासन, खरसाङ नगरपालिका र समितिको सबैप्रति आभार प्रकट गरेका छन्। उनले खरसाङ अाजदेखि गोर्खे हाट सञ्चालन हुनु ऐतिहासिक दिन भएको छ भनी बताउँदै आज आएर हाम्रो मेहनत र परिश्रमले फल पाएको छ र हामी खुशी छौं भनी बताए। संयोजक सन्तकिशोर गुरुङले यो गोर्खे हाट कुनै जात, धर्म र राजनीति नभएर हामी खरसाङवासी सबैको हो भनी बताए। उनले गोर्खे हाटमा पहिलो दिन विभिन्न क्षेत्रका कृषकहरू, व्यापारीहरू, युवा उद्यमीहरू र व्यवसायीहरू गरेर ७० देखि ८० वटा दोकानहरू राखिएको जानकारी गराउँदै सबैप्रति आभार प्रकट गरेका छन्। त्यसरी नै गोर्खे हाटको सभापति बिजयसिंह सिञ्चुरीले हामी समक्ष १५० जति आवेदनहरू आए पनि पहिलो दिन स्थानको कमीले ७० वटा दोकानहरू राखिएको बताए। उनले आजको दिन ऐतिहासिक रहेको बताउँदै यस गोर्खे हाटमा मद मदिरालाई मनाही गरिएको बताए। उनले आज हामीलाई सफलता प्राप्त भएको छ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

सिञ्चुरीले यस गोर्खे हाटमा यतै पहाड़मा बनिएको उत्पादनहरू र हस्तशिल्प साथै यहीको लोकल चीजबीजहरू बिक्रीमा राखिदिने अनुरोध पम़नि गरेका छन्। उनले आजदेखि खरसाङले केही कुरा पाएको थ भन्दै दोकानहरू बेसी भएको खण्डमा खरसाङको अन्य स्थानतिर सार्ने विषयमा चर्चा परिचर्चा गर्नेछौं भनी बताएका छन्। त्यसरी नै गोर्खे हाट खरसाङको सचिव महेश छेत्रीले हामीले दुई महिनादेखि गोर्खे हाट विषयमा पहलमा गरिरहेका थियौं र आजदेखि शुरु भएको छ। यसको लागि खरसाङ नगरपालिका र स्थानीय प्रशासनलाई थन्यवाद दिन्छौं भनी बताए। उनले हामीले गोर्खे हाटमा स्थानीयहरूलाई आफ्नै हातले बनाएको चीजबीजहरू प्रमोट गर्ने साथै आफ्नै क्षेत्रमा उत्पादन गरिएको उत्पादनहरू बिक्रीमा राखिएको बताउँदै विशेष गरेर युवा उद्यमीहरू र व्यवसायीहरूलाई मौका दिएको साथै सरकारी नोकरी मात्र होइन तर व्यवसाय र उद्यमशीलताबाट पनि रोजगारू गर्न सकिन्छ भन्ने हाम्रो उद्देश्य हो साथै खरसाङ पर्यटकहरू आएर लोकल उत्पादनहरू किन्न सकोस् साथै यहाँ केही समय बिताउन सकोस् भनेर पनि हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement