जिटिएका ग्रुप बी, सी, डी पदहरूमा नियुक्ति प्रक्रिया शुरु हुने
दार्जिलिङ: जिटिए क्षेत्रमा रहेको रिक्त ग्रुप बि, सि, डी पदहरूको निम्ति अब जिटिएको माध्यमबाट नियुक्ति प्रक्रिया शुरु गर्नलाई चाडै सब अर्डिनेट सर्भिस सेलेक्सन बोर्डको गठन गरिने भएको छ।जिटिए अध्यक्ष अनित थापाले बगत २५ जुनको दिन पश्चिम बंगालको मुख्यमन्त्री ममता बेनर्जीलाई दार्जिलिङ पहाडमा सब अर्डिनेट सर्भिस सेलेक्सन बोर्डको गठनको मांग गरेर पत्रचार गरेका थिए।उक्त पत्रको मेमो संख्या 06/I-I/BOA/GTA/2019-2020,Dated 25/06/2019 रहेको छ।जिटिए अध्यक्ष अनित थापाले पठाएको सोही पत्रको आधारमा राज्य सरकारले अब दार्जिलिङ पहाडमा ग्रुप बि, सि र डि नियुक्ति गर्नको निम्ति सब अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्न राजी भएको हो। पश्चिम बंगाल सरकारले यसको निम्ति आधिकारिक पहल शुरु गरिसकेको छ।