सिक्किममा प्राकृतिक प्रकोपबाट प्रभावित निर्माण मजदुरहरूले  १०-१० हजार रुपियाँ सहयोग प्राप्त गरे

Screenshot_20231015_170934_WhatsApp.jpg

गान्तोक: आज मुख्यमन्त्रीले सिक्किममा प्राकृतिक प्रकोपबाट प्रभावित निर्माण मजदुरहरूलाई १०,०००/- रुपियाँ सहयोग प्रदान गरे। यो रकम श्रम विभागले दिएको हो। आइतबार चिन्तन भवन वार्तामा मुख्यमन्त्री प्रेमसिंह तामाङको हातबाट भवन तथा अन्य निर्माण मजदुर कल्याणकारी बोर्ड अन्तर्गतका ८ हजार ७३३ मजदुरलाई जनही १०-१० हजार रुपैयाँ राहत वितरण गरिएको हो। श्रम विभागको भवन तथा अन्य निर्माण मजदुर कल्याणकारी बोर्ड अन्तर्गत आठ हजार ७३३ निर्माण मजदुरले विपद् राहत सहयोग पाएकोमा खुशी व्यक्त गरेका छन्। कार्यक्रममा मुख्यमन्त्री पीएस तामाङको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement