सृजनशील साहित्य लेखन मञ्चको वार्षिक आमसभा सम्पन्न

जोरथाङ: सृजनशील साहित्य लेखन मञ्चको वार्षिक आमसभा नेपाली संस्कृति संरक्षण संस्थान, जोरथाङको कार्यालयमा टीका गुरुङको अध्यक्षतामा सम्पन्न भयो। संस्थाका महासचिव सेसिल मुखियाले वार्षिक प्रतिवेदन पेश गरेपछि कोषाध्यक्ष विष्णुप्रसाद भण्डारीले आय-व्ययको फाँटवारी सभामा प्रस्तुत गरे। अध्यक्ष टीका गुरुङले छोटो अध्यक्षीय सम्बोधन पेश गर्दै पुरानो कार्यकारिणी समिति विघटन भएको घोषणा गरे। सभामा नयाँ कार्यकारिणी समिति गठन गरियो, जसमा अध्यक्ष रजनी पेगा, उपाध्यक्ष पीएम राई, महासचिव जयन्ती मुखिया, सहसचिव: शिवकुमार नेपाल, प्रचार सचिव रवि रोदनलाई चयन गरियो। समितिका कार्यकारिणी सदस्यहरूमा टीका गुरुङ, सेसिल मुखिया, विष्णुप्रसाद भण्डारी र अन्यको नाम पछि थपिने निर्णय लिइयो।
नयाँ पदाधिकारीको चयनपछि संस्थाको नामको ब्याङ्क खाता, रेजिस्टर, फाइल, अन्य दस्तावेज र सामग्री नयाँ पदाधिकारीलाई हस्तान्तरण गरियो। सभामा तेस्रो स्वः पार्वती गुरुङ साहित्यिक पुरस्कार र भाषा उत्सव एवं संस्थाको पञ्जीकरणबारे पनि चर्चा गरियो। तेस्रो पार्वती गुरुङ साहित्यिक पुरस्कार प्रापकको नाम केही दिनपछि आधिकारिक रूपमा घोषणा गरिने निर्णय लिइयो। सभालाई संस्थापक सदस्य कमलप्रसाद अधिकारीले पनि सम्बोधन गर्दै प्रस्ताव पेश गरे। नयाँ अध्यक्ष रजनी पेगाले आफ्नो सम्बोधनमा पूर्व अध्यक्ष टीका गुरुङ, महासचिव सेसिल मुखिया र कोषाध्यक्ष विष्णुप्रसाद भण्डारीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोग र मार्गदर्शन गर्न हार्दिक अनुरोध गरिन्। नयाँ पदाधिकारीवर्गलाई पूर्व अध्यक्ष टीका गुरुङले खादा अर्पण गरेर संस्थाको पक्षबाट हार्दिक बधाई तथा शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement