नेतान्याहू पुगे अग्रिम मोर्चामा, आतङ्कवादी अली कादी मारिए
हमासको नाम-निशान मेटाउनु नै अन्तिम लक्ष्यः इजराइल सेना
यरुशलम: फिलिस्तीनको कुख्यात आतङ्कवादी संगठन हमासले यसै महिनाको गत सात तारिक अचानक इजराइलमाथि गरेको आक्रमणपछि सम्पूर्ण गाजा पट्टी अशान्त बनेको छ।
इजराइलको थल सेना हमासका आतङ्कवादीहरूलाई पाठ पढाउन तयार छ। हमासका ठेगानाहरूलाई तहस-नहस गर्न रातभरि इजराइलले हवाई हमला गरेर राकेट अनि मिसाइल छोडे।
यस बीच इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा पट्टीमा अग्रिम पंक्तिमा इजराइली रक्षा बलहरू समक्ष पुगेर सैनिकहरूको बनोबल बढाएका छन्। उक्त जानकारी मिडिया रिपोर्ट्समा दिइएको छ।
मिडिया रिपोर्ट्स अनुसार, इजराइलको घातक हमलामा हमास आतङ्कवादी अली कादी मारिएका छन्। उनी हमासको नुखबा कमाण्डो फोर्स कम्पनीका कमाण्डर थिए।
शनिवार रातभरि उत्तर गाजामा एयर स्ट्राइक गरियो। यस अतिरिक्त, दक्षिण इजराइल शहर सेडरोट छेउ बाक्लो जनसंख्या भएको क्षेत्रमा गरिएको गोलीबारीमा आकाश धुवॉंमा डूब्यो। विस्फोटले चारैतिर अन्धकार छाएको थियो।
स्वास्थ्य अधिकारीहरूले गाजामा २,२०० भन्दा धेरै मारिएको बताएका छन्। इजराइली सेनाले भनेको छ, हमासले जुन व्यक्तिहरूको अपहरण गरेको थियो, उनीहरू मध्ये केही शवहरू भेटिएका छन्। इजराइलको सेनाले हमासको नाम-निशान मेटाउनु नै आफ्नो अन्तिम लक्ष्य रहेको घोषणा गरेको छ।