ग्रोइन चोटले गर्दा राष्ट्रमण्डल खेलहरूबाट बाहिर भए शट् पुट एथलीट तूर

IMG-20220716-WA0120.jpg

१६ जुलाईः शीर्ष भारतीय शट् पुट एथलीट तेजिन्दरपाल सिंह तूर अमेरिकाको यूजीनमा जारी विश्व एथलेटिक्स च्याम्पियनशीप अघि लागेको ग्रोइनको चोटले गर्दा बर्मिंघममा हुने आउँदो राष्ट्रमण्डल खेलहरूबाट बाहिर भएका छन्। एशियाई रेकर्डधारी तूर यस चोटले गर्दा नै यूजीनमा आफ्नो स्पर्धाबाट पनि बाहिर भए। उनलाई यो चोट ४ दिन अघि अमेरिकाको चुला विस्टामा लागेको थियो, जहाँ भारतीय टीमले केही समयको निम्ति अभ्यास गरेको थियो। उनले स्पर्धाको निम्ति केही अभ्यास थ्रो फ्याँके तर यन्त्रणाले गर्दा स्पर्धाबाट हट्ने फसेला गरे। तूरले भने, म यस ग्रोइन चोटको साथ राष्ट्रमण्डल खेलहरूमा हिस्सा लिन सक्नेछुइनँ। म रिह्याबिलिटेशन गर्नेछु अनि आउँदो दिनहरूमा हुने प्रतियोगिताहरूमा फर्किनेछु। तूरलाई २८ जुलाईदेखि ८ अगस्तसम्म चल्ने राष्ट्रमण्डल खेलहरूका निम्ति ३६ सदस्यीय भारतीय एथलेटिक्स टीममा चयन गरिएको थियो तर उनको चयन कजाखस्तानको एउटा प्रतियोगितामा प्रदर्शनमाथि निर्भर थियो। उनी भारतीय एथलेटिक्स महासंघ (एएफआई)-द्वारा तय गरिएको २०.५० मीटरको क्वालीफाईंग मानकदेखि चुकेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement