गान्तोक: केन्द्रिय जाँच ब्यूरो (सीबीआई)-ले आज कीर्ते पासपोर्ट घोटाला मामिलामा पासपोर्ट सेवा केन्द्र, गान्तोकमा व्यापक छापा मारेको घटना प्रकाशमा आएको छ। छापा मार्ने क्रममा सीबीआईले कथित रूपमा नक्कली कागजपत्र बनाएर पासपोर्ट जारी गरेको आरोपमा पासपोर्ट सेवा केन्द्रका वरिष्ठ अधिक्षक गौतम कुमार शाह अनि एकजना होटल एजेण्टलाई एक लाख ९० हजार सहित पक्राउ गरेको सुत्रले जानकारी गराएको छ। प्रारम्भिक जानकारी अनुसार, कलकत्ता, गान्तोक, सिलगड़ी अनि अन्य क्षेत्रहरूसँगै ५० भन्दा अधिक स्थानमा सीबीआईको छापा मार्दै आइरहेको छ। विशेष सुत्रले जानकारी अनुसार १०-१२ जना सीबीआई अधिकारीहरू आज बिहान गान्तोकस्थित पासपोर्ट सेवा केन्द्र पुगेका थिए। उनीहरूले सबै सम्बन्धित अधिकारीहरूलाई बोलाएको र पासपोर्ट केन्द्र गान्तोकबाट जारी गरिएका केन्द्रबाट पठाइएका सबै पासपोर्टहरू जाँच गरिरहेको थाह लागेको छ।