विभिन्न संघ संस्थाद्वारा मुख्यमन्त्री राहत कोषमा सहयोग राशि प्रदान

IMG-20231014-WA0342.jpg

गान्तोक: प्राकृतिक प्रकोपको कारण राज्यलाई पुगेको क्षतिलाई ध्यानमा राख्दै हाल राज्य सरकारलाई आर्थिक सहयोग गरेर मजबुत बनाउने प्रयासमा धेरै सहयोगी हातहरू अघि आएको छ। यसै क्रममा आज कुन्दन हाइड्रो प्राइभेट लिमिटेडले मुख्यमन्त्री राहत कोषमा एक करोड रूपियाँ प्रदान गरेको जानकारी गराइएको छ। उक्त कम्पनीका प्रमुख भीके बरगावाले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गर्दै एक करोड रूपियाँ प्रदान गरेका हुन्। सोही प्रकारले जेपी ग्रुपले पनि मुख्यमन्त्री राहत कोषमा एक करोड रूपियाँ प्रदान गरेको छ भने दोद्रुपछेन छोर्तेन ट्रस्ट र देउरालीको छोर्तेन गुम्बाले पनि केही धनराशि मुख्यमन्त्री राहत कोषमा बुझाएको जानकारी गराइएको छ। सोही प्रकारले मुकुल अग्रवालले दस लाख प्रदान गरेका छन् भने केदार सोमानीले पाँच लाख र स्टेट ब्याङ्क अफ् इन्डियाले दुई करोड प्रदान गरेको अवगत गराएको छ। यस्तो आपतकालिन अवस्थामा राज्य सरकारलाई खुल्ला हद्यले आर्थिक सहयोग प्रदान गरेकोमा मुख्यमन्त्री तामाङले सबैलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्। उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन आएको टिस्टा नदीको बाढले सिक्किमलाई धेरै क्षति पुऱ्याएको छ। उक्त बाढको कारण धेरै मानिसहरूले ज्यान गुमाउनको साथै धेरै जना घर बिहिन बन्न पुगेका छन्। विभिन्न संघ संस्था र व्यक्ति विशेषबाट प्राप्त भएको सहयोग राशी प्रभावित परिवारलाई प्रदान गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement