गाँजासहित एक युवक पक्राउ

IMG_20220716_154704.png

सिलगढी: आज एकजना व्यक्तिलाई गाँजासहित सिलगढी पुलिसले पक्राउ गरेको छ। पक्राउ गरेर तिनलाई जलपाईगढी अदालतमा पेश गरेको छ। यसरी अवैधरुपमा बिहारमा गाँजा तस्करी गर्ने यस युवक कुचबिहार निवासी जय सरकारको रुपमा चिन्तित गरिएको छ।प्राप्त जानकारी अनुसार यस युवकले एउटा पिकअप भ्यानमा गोप्य रुपमा बनाइएको च्याम्बरमा लगभग ४२ केजी जस्तो गाँजा लुकाएर कुचबिहारबाट बिहारतर्फ लगिरहेको थियो।यसको गोप्य सूचना पाएपछि एनजेपी थाना पुलिसले फुलबारी आमाइदीघिको एक होटलबाट एकजना युवकलाई हिरासतमा‌ लिएर सोधपुछ गर्ने क्रममा पिकअप भ्यानबाट ४२ केजी गाँजा उद्धार गरेको छ।पुलिस सुत्रले जनाए अनुसार यति गाँजाको बजार मूल्य लगभग दुइ लाख रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement