जङ्गुलाई जोडन निर्माण गरियो सस्पेन्सन पुल

IMG-20231014-WA0341.jpg

जङ्गु: उत्तर जिल्लाको जङ्गुलाई जोडनको निम्ति साङकलङ भत्किएपछि स्थानीयहरूको राहत सामग्री साथै आवगत जावतको निम्ति अस्थायीरूपमा सस्पेन्सन पुल निर्माण गरिएको छ। उल्लेखनीय छ, गत ४ अक्टोबरमा उत्तर जिल्लामा रहेको लोहनार्क झील परिसरमा बादल फाटेपछि टिस्टा नदीको जलस्तरमा वृद्धि भएको थियो, जसको कारण साङकलन पुल पनि बगाएको थियो। यसरी पुल बगाएपछि जङ्गुबासीलाई यातायात लगायत विभिन्न कुरामा समस्या उत्पन्न भइरहेको छ। सरकारले उनीहरूको समस्यालाई ध्यानमा राख्दै हाल त्यहाँ

78 मिटर लामो सस्पेन्सन पुल निर्माण गरेको छ। उक्त पुलको निर्माण कार्य पुरा भएपछि आज नै सो पुल सञ्चालनको निम्ति मंगन जिल्ला प्रशासनलाई सुम्पिएको छ। यस पुल भएर एक पल्टमा केवल तीन जना मानिसहरू मात्र आवात जावत गर्न सक्नेछन्। यस पुल भएर भारी सामान लिएर पार गर्न पाउने छैन्। सो पुलको दैनिकरूपमा प्रशासनले निगरानी गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement