प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित

IMG-20231013-WA0005.jpg

गान्तोक: मौसमको प्रतिकूलताका कारण आज भारतीय वायु सेनाका हेलिकप्टरहरूले उडान भर्न सकेन जसकारण उद्धार कार्य प्रभावित बन्यो। राज्यको बाढी प्रभावित चार जिल्लाबाट अहिलेसम्म ४,३५७ जनालाई उद्धार गरिएको छ। उक्त जानकारी सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको हो।

प्राधिकरण अनुसार, मंगनबाट अहिलेसम्म २,६४४ पर्यटक र स्थानीय मानिसहरूलाई निकालिएको छ। यसैगरी, गान्तोकबाट १,०२५, नाम्चीबाट ६३० र पाकिमबाट ५८ जनालाई उद्धार गरिएको छ। बाढीको चपेटमा परेर मर्ने व्यक्तिहरूको संख्या ३७ रहेको छ। मृतकहरू पाकिमबाट २४, गान्तोकबाट ७, मंगनबाट ४ र नाम्चीबाट २ रहेका छन्।

बाढी प्रभावित क्षेत्रहरूबाट अझै पनि ८१ जना निखोज छन्, जसमा पाकिमबाट ३०, गान्तोकबाट २५, मंगनबाट २० र नाम्चीबाट ६ जना सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement