गान्तोक: सिक्किम सरकारको भू राजस्व एवं आपदा प्रबन्धन विभागका मन्त्री केएन लेप्चाले आज मंगनमा स्थापित राहत सामग्री सङ्कलन केन्द्रको भ्रमण गरे। उक्त केन्द्र गत ४ अक्टोबरको विनाशकारी बाढीपछि मंगनको सामुदायिक हल/पुस्तकालय परिसरमा स्थापित गरिएको छ।

मन्त्री लेप्चाले केन्द्रको निरीक्षण गर्दै प्राप्त राहत सामग्रीहरू र प्रभावित क्षेत्रहरूको निम्ति आवण्टित सामग्रीहरूको जानकारी लिए।

उनले आफ्नो तर्फबाट नयॉं लुगाफाटा, राशन, पानी तथा अन्य आवश्यक वस्तुहरू प्रदान गरेको बताइएको छ।