मुख्य सचिव पाठककाे बाढी प्रभावित जिल्लाका जिल्लापालहरूसॅंग बैठक

n5473101001697305680083b7b026b3af23cb9573d372b0767e9f24ea1b2af5db86cf035d0fed0502afb33e.jpg

गान्तोक: मुख्य सचिव वीबी पाठकले आज बाढी प्रभावित चार जिल्लाका जिल्लापालसॅंग बैठक गरेर जिल्लामा जारी राहत, उद्धार एवं पनुर्स्थापना कार्यको बारेमा जानकारी लिए। बैठकमा मंगन, गान्तोक, पाकिम र नाम्चीका जिल्लापाल लगायत शिक्षा विभागका अतिरिक्त मुख्य सचिव, राहत आयुक्त, भू राजस्व विभागका सचिव, वित्त विभागका विशेष सचिव आदि सहभागी थिए।

जिल्लापालहरूले बैठक आ-आफ्नो जिल्लाहरूमा बाढी प्रभावित मानिसहरूको तत्काल राहतको निम्ति चलिरहेका गतिविधिहरूको बारेमा जानकारी गराए। उनीहरूले तत्काल हस्तक्षेप गरिनु पर्ने विषयहरूतिर पनि मुख्य सचिवको ध्यान आकर्षित गराए।

बैठकमा बाढीले प्रभावित बनेका घर मालिकहरू र किरायदारहरूको पुनर्वासको बारेमा चर्चा गरियो। बैठकमा तत्काल राहत सम्बन्धित कार्यहरूका साथै घर निर्माण, दोकानहरूको मरम्मति जस्ता विषयहरूमाथि पनि छलफल गरेको बताइएको छ।

About Author

Advertisement